‘आफूलाई नमासिन्या ठान्नेहरुले यो नाटक पटक-पटक हेर्नू’

चर्चित अभिनेता बुद्धि तामाङ र अर्का निर्देशक सोनाम लामाद्वारा निर्देशित ‘मासिन्या’ नाटक हाल थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

नाटक गत माघ ११ गतेदेखि मञ्चन हुन थालेको हो । र, आगामी माघ २८ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।

शनिबार भने दिउँसो २ बजे पनि मञ्चन गरिन्छ ।

लक्ष्मी रुम्बा र राजु स्याङ्तान राबतको लेखन रहेको यस नाटकमा तामाङ समुदायमाथि राज्यले बिगतमा गरेका विभेद र तामाङ समुदायले भोगेका दुःखका विषय समेटिएको छ ।

मासिन्या नाटक हेरेपछि लेखक तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले खासगरी आफूलाई नमासिन्या ठान्नेहरुले पटक पटक नाटक हेर्नू भनेका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘आफूलाई नमासिन्या ठान्नेहरुले खासमा यो नाटक हेर्नू, पटक पटक हेर्नू ।आफ्नाे भाषा, सभ्यता, संस्कृति, प्रकृतिसित ढाँढिदै पुँजीवादी हर्कतहरुसित जोल्ठिदा आफू झन् कसरी मासिरहेको छु भन्ने सोच्न बाध्य हुनुभएन भने तपाईंभित्रका समस्याबारे विमर्श गरौला ।’

नाटक डेढ घण्टाको छ । टिकट ५०० र १००० रुपैयाँ दरको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img