नाटक ‘मुक्कुमलुङ’ अब युट्युबमा

डा. चित्र माबोको कथा ‘डोलीभर्ना’मा आधारित नाटक ‘मुक्कुमलुङः विश्वासकाे शक्ति’ युट्युबमा राखिएको छ ।

उक्त नाटक गत असोजमा काठमाडौँको बत्तीसपुतलीस्थित सिल्पी थिएटरमा मञ्चन गरिएको थियो ।

यता, काठमाडौँकाे थापागाउँस्थित मण्डला थिएटरमा पनि हाल सोही नामको नाटक मञ्चन भइरहेको छ ।

ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा लिम्बू समुदायको आस्था मानिने मुन्दुमी स्थलको सांस्कृतिक अतिक्रमण गरी एक निजी कम्पनीले नाफा कमाउने गरी केबलकार गर्न नदिने भन्दै पूर्वी नेपालमा बन्दसहितकाे आन्दोलन जारी रहेको बेला मण्डला थिएटरमा मुक्कुमलुङः चाेत्लुङ अफ याकथुङ मञ्चन भइरहेको छ भने मुन्दुम फिल्मस् नामक युट्युब च्यानलमा पनि नाटक मुक्कुमलुङ राखिएको छ ।

युट्युबमा राखिएको नाटक मुक्कुमलुङ पवित्रा राईले निर्देशन गरेकी हुन् भने साहित्यकार राजन मुकारुङको स्क्रिप्ट कन्सेप्ट हो ।

लिम्बू जातिको जीवनशैली र संस्कार झल्काउने नाटक मुक्कुमलुङमा रेयर राई, दीपा सुहाङ, नुसा लिङ्देन, प्रमिला राई, प्रायस बान्तावा राई, सायोक मुकारुङ, दिवस पयाङ्गू, उदय बेघा, स्मृति कलमर, उज्वल बान्तावा राई, शान्तास्वरी राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राई लगायतकाे अभिनय छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img