निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खुलै रहने

निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेका पेट्रोलपम्प खुला रहने भएका छन् ।

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ ।

उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले विहीबारदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्