उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा, खाद्यान्‍न पसल पनि बन्द

काठमाडौं उपत्यकामा आगामी जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएकाे छ ।

उपत्यकाका तीनै जिल्लाकाे जिल्ला प्रशासन कार्यालयकाे संयुक्त बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे हाे ।

बैठकले निषेधाज्ञा कडा पार्ने पनि निर्णय गरेकाे छ । अब खाद्यान्‍न पसल पनि बन्द गरिनेछ । सागसब्जी पसल भने बिहान ९ बजेसम्म खाेल्न दिइने छ ।

थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइने छ । किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गरिने छ ।

विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधन सञ्‍चालनमा रोक लगाइएको छ ।

उपत्यकामा यसअघि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म पहिलो पटक, वैशाख २२ गतेदेखि २९ गतेसम्म दाेस्राे पटक र वैशाख २९ गतेदेखि जेठ १३ गतेसम्म तेस्राे पटक निषेधाज्ञा आदेश जारी गरिएकाे थियाे ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने छ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्रा गर्न दिइने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्