सेयर काराेबार मापक नेप्से परिसूचक साताकाे पहिलाे दिन आज करिब ४ प्रतिशतले बढेकाे छ ।
आज नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६ सय ६७ दशमलव ९७ अंकमा पुगेको हाे ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १६ दशमलव ३७ अंकले बढेको छ ।
दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् । कुल कारोबार ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँको भएको छ ।
नेप्सेका १३ उपसमूहकै परिसूचकमा हरियाली छाएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ६.९५ प्रतिशत बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
यता व्यापार, विकास बैंक, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन् ।