आज तमू ल्होसार, देशभर सार्वजनिक विदा

काठमाडौं । नेपालका तमू (गुरुङ)हरुले आज देशभर विभिन्न कार्यक्रमका साथ तमू ल्होसार मनाउँदै छन् ।
नयाँ वर्षको रुपमा रहेको यो उनीहरुको महान सांस्कृतिक चाड हो ।

गुरुङहरुले हरेक वर्षको पुस १५ गते तमू ल्होसार मनाउने गरेका छन् । ल्होसारमा विभिन्न १२ वटा जीवजनावरको नाममा रहका ल्हो अर्थात वर्ग फेरिने गर्छ ।

यसवर्ष तो ल्हो (बाघ वर्ग)को बिदाइ गरी हि ल्हो (बिरालो वर्ग)को आगमन भएको छ ।

ल्होसार मनाउने समुदायमा तामाङ र शेर्पाहरु पनि पर्दछन् । बौद्ध धर्मावलम्बी तामाङ, शेर्पा र गुरुङहरुको ल्हो १२ वटा नै हुने गरेको छ ।

तमू ल्होसारमा गुरुङ समुदायले धार्मिक सांस्कृतिक पुजापाठ गरी मिठो खानाका परिकार खाँदै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरेका छन् ।

यस अवसरमा गुरुङहरुको बसोबास रहेको विभिन्न क्षेत्रमा गुरुङजन्य संस्थाको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिन्छ ।

काठमाडौं उपत्यकाका गुरुङहरु आप्mनो जातीय सांस्कृतिक भेषभुषामा सजिएर टुँडिखेलमा भेला भएर ल्होसार मनाउने गरेका छन् ।

तमू ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेताहरुले पनि शुभकामना दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्