विराटनगर । प्रदेश नं १ काे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ काे संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।

आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्कीले साेमबार (भाेलि) पद तथा गोपनीयताको शपथ लिनेछन् ।

एमाले संसदीय दलका नेता कार्कीले आइतबार ६० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,  राप्रपाका ६ र जसपाका १ जना गरी ६० सांसदको समर्थन छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत भए पुग्थ्याे ।