एमालेले घोषणा गरेको बहुपहिचान अनुसार नै कोशी प्रदेश बन्योः सुवास नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले कोशी प्रदेश बहुपहिचानको नाम भएको तर्क गरेका छन् ।

२०७४ सालको निर्वाचनको बेला एमालेले बहुपहिचानको घोषणा गरेको र सोही अनुसार प्रदेशसभाले प्रदेश १ को नाम कोशी राखेको नेम्बाङले बताए ।

शनिबार काठमाडौंमा एमाले सम्बद्ध किराती समुदायका अगुवाहरुबीच अन्तरक्रिया कार्यक्रममा नेम्बाङले कोशी प्रदेशले बहुपहिचानको अर्थ बोक्ने भनाइ राखे ।

‘निर्वाचन प्रचारको क्रममा म इलामको माङ्सेबुङ पुगेको थिएँ । मैले माङ्सेबुङमा घोषणा गरेँ, हामी त बहुपहिचानको पक्षमा, तपाईंहरुको कुरा हामी सम्बन्धित ठाउँमा पुर्याउँछौं,’ नेम्बाङको भने, ‘इलाम जिल्लाले त घोषणै गर्यो बहुपहिचान भनेर । त्यहीं घोषणा गर्ने साथी राम रानाजी प्रस्तावक हुनुभएछ, प्रदेशसभाले छलफल गरेछ र कोशी प्रदेश भनेर निर्णय गरेछ ।’

उनले कोशी प्रदेशको विपक्षमा चार मत मात्रै परेको दोहोर्याए ।

उनले आफूहरु पार्टी अध्यक्ष केपी ओलीको घर तेह्रथुम जाँदा बाटोमा ठाउँठाउँमा पहिचान आन्दोलनकारीहरुले रुख ढालेर अवरोध गरेकोले सास्ती पाएको पनि बताए ।

उनले भने, ‘इलाम पुग्दा तल माइखोलामा रुख ढालेको छ । फिदिम पुग्ने बेलामा पौवाभन्ञ्याङ छेउमा एम्बुस थापेको छ । हामीलाई त अहिले पनि एम्बुस थापेछ भनेर हल्लीखल्ली भयो । सेना आएर डिस्पोज गर्यो, डिस्पोज गर्दा त्यो फेक रहेछ । यस्ता घटनाहरु व्यहोर्दै हामी तेह्रथुम अध्यक्ष कमरेडको घरगाउँमा पुग्यौं ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्