एमालेले कोशी लेखिएको व्यानर राखेपछि कार्यक्रमस्थलमा कालाे झन्डा

नेकपा एमालेको युवा संगठन ‘राष्ट्रिय युवा संघ’को कोशी प्रदेश अधिवेशनमा ‘कोशी प्रदेश’ लेखिएको व्यानर प्रयोग गरिएकोमा पहिचान पक्षधरहरुले अधिवेशन स्थलनजिक कालो झन्डासहित विरोध जनाएका छन् ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले गत भदौ २१ गते विज्ञप्ति नजारी गरी व्यानरमा कोशी प्रदेश नलेख्न आग्रह गरेको थियो ।

यही भदौ २३ र २४ गते धरानमा भइरहेको राष्ट्रिय युवा संघको प्रदेश अधिवेशनमा कोशी प्रदेश लेखिएको व्यानर प्रयोग गरिएको भन्दै समितिमा आबद्ध अगुवाहरुले विरोध गरेका हुन् ।

विरोधमा उत्रिएका राष्ट्रिय जनमुक्ति पार्टी निकट विष्णु थामदेनले तत्काल कोशी लेखिएको व्यानर हटाउन आयोजकलाई माग गरेका छन् ।

उनले काेशी प्रदेश लेखिएकाे व्यानर प्रयाेग गरे पनि हलभित्र मात्रै गर्न भनेका छन् ।

उनका अनुसार पहिले कोशी प्रदेश लेखिएको व्यानर प्रयोग नगर्ने सर्तमा एमालेका नेताहरु सहमत थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img