धरानको चिन्डेडाँडामा सुम्निमा-पारुहाङको भव्य प्रतिमा निर्माण गरिने

धरान उपमहानगरपालिकाले वडा नं २० स्थित पर्यटकीय क्षेत्र चिन्डेडाँडामा किरातीहरुकाे आदिम पुर्खा सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्ने भएको छ ।

उक्त स्थानमा सुम्निमा पारुहाङको प्रतिमा निर्माणका लागि वडा नं ४, ५, १४ र २० का वडाअध्यक्ष तथा नगर कार्यपालिका सदस्य विकास भाटी र सावित्रा परियार रहेको अध्ययन समिति गठन गरिएको छ ।

गत सोमबार बसेको कार्यपालिका बैठकमा संस्कृति सभ्यता र पर्यटनलाई जोड्नका लागि चिन्डेडाँडामा सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्न नगर प्रमुख हर्क साम्पाङले प्रस्ताव राखेका थिए ।

उनले सामाजिक सञ्जालबाट पनि सुम्निमा पारुहाङको भव्य प्रतिमा निर्माण कार्यमा सहयोग गर्न आम किराती तथा गैरकिरातीहरुमाथि अपिल गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. धेरै राम्रो सोचबिचार राख़्नु भएकोमा सलाम छः

  2. पुर्खाको ईतिहास राख्नुपर्छ पुर्खाको आशिर्वाद हो ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्