धरानका स्वतन्त्र दिदीबहिनीले बनाए रोज गार्डेन

महिलाहरुले देशकै नेतृत्व गर्नुपर्छः मेयर साम्पाङ

धरान उपमहानगरपालिका-२०, सर्दुखोला किनारमा नगरपालिकाकाे बजेटबिनै धरानका स्वतन्त्र दिदीबहिनीहरुले रोज गार्डेन निर्माण गरेका छन् ।

बुधबार धरानका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले ३० लाख ४४ हजारमा निर्माण गरिएकाे रोज गार्डेनको उद्घाटन गरे ।

गार्डेनमा थुन्से बोकेकी दिदी र झोला बोकेकी बहिनीको प्रतिमा पनि निर्माण गरिएको छ । उक्त प्रतिमाको पनि अनावरण गरिएको छ ।

मेयर साम्पाङले रोज गार्डेन बनाउनका लागि स्वतन्त्र दिदीबहिनीहरुकाे समूह गठन गरेका थिए ।

मेयर साम्पाङको परिकल्पना अनुसार ५९ औं दिनमै रोज गार्डेन यथार्थमा परिणत भयो । त्यसका लागि मेयर साम्पाङले स्वतन्त्र दिदीबहिनीहरुले शतप्रतिशत अंक ल्याएको बताए ।

रोज गार्डेन निर्माणका लागि देश-बिदेशबाट २६ लाख ३० हजार रुपैयाँ संकलन गरिएको थियो ।

स्वतन्त्र दिदीबहिनी समूहमा आबद्ध दिदीबहिनीहरु आफैले पनि ४ लाख ४५ हजार संकलन गरेका थिए ।

रोज गार्डेन निर्माणकाे क्रममा ३० लाख ४४ हजार रुपैयाँ खर्च भएको निर्माण समितिकी कोषाध्यक्ष विष्णु लिम्बुले बताइन् ।

बचत भएको ७५ हजार रुपैयाँ पनि सुम्निमा-पारुहाङ प्रतिमा निर्माणका लागि संयाेजक दत्तकुमार लिम्बुलाई हस्तान्तरण गरिएको थियो ।

गार्डेनको नाम ‘एसडिबी रोज गार्डेन’ राखिएको छ । एसडिबी रोज गार्डेन उद्घाटन कार्यक्रममा उपमेयर अइन्द्रविक्रम बेघा पनि उपस्थित थिए ।

रोज गार्डेनभित्र एक सेल्फी रोज निर्माण गरिएको थियो । जसको अनावरण भने उपमेयर बेघाले गरे ।

रोज गार्डेन परिसरमा वाटर फाउन्टेन र त्यसमा तीनचुलाकाे संरचना पनि निर्माण गरिएको छ ।

बुधबार प्रेम दिवसकाे सन्दर्भ पारेर एसडिबी रोज गार्डेनको उद्घाटन गरिएको हो ।

जसमा मेयर साम्पाङकी श्रीमती निर्मला लिम्बु विशेष रुपमा उपस्थित भइन् ।

श्रीमती निर्मला लिम्बुकाे साथमा मेयर साम्पाङ

सो क्रममा मेयर साम्पाङले महिलाहरु अब चुलाचौकामा सीमित हुन नहुने बताए । उनले महिलाहरु पुरुष भन्दा सक्षम, सुन्दर र इमान्दार हुने भन्दै उनीहरुले देशकै नेतृत्व गर्नुपर्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्