मुन्दुम ट्रेलमा ११३ किलोमिटर प्रहरी गस्ती

मुन्दुम ट्रेलमा यात्रा गर्ने पर्यटकहरुको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय खोटाङले ११३ किलोमिटर दुरीको गस्ती गरेको छ ।

ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल देउरालीबाट सुरु गरिएको प्रहरीको गस्ती साकेला गाउँपालिका–१ बाँझेमा पुगेर समापन गरिएको हो ।

मुन्दुम ट्रेलमा प्रहरीको उपस्थिति देखाउँदै मुन्दुम ट्रेलमा यात्रा गर्ने पर्यटकहरुको सुरक्षाका लागि भावी रणनीति निर्माण गर्न गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जोडिएको मुन्दुम ट्रेलमा एक लाख पर्यटक भित्राउने लक्ष्यसहित २०२५ मा मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी छ ।

मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गत जुनमा काठमाडौंमा पत्रकार सम्मेलन गरी २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने जानकारी गराएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img