पान्थर प्रवेश नगर्न मुख्यमन्त्री कार्कीलाई चेतावनी

जबरजस्ती गरिए प्रतिरोध

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मत कार्कीलाई पान्थर जिल्ला प्रवेश नगर्न चेतावनी दिएको छ ।

नेकपा एमालेका नेता समेत रहेका मुख्यमन्त्री कार्की असोज १३ गते पान्थर आउन लागेको भन्दै समितिले पान्थर प्रवेश नगर्न चेतावनी दिएको हो ।

समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘संघर्ष समितिको यो अनुरोधलाई अटेर गरेर जबरजस्ती गरिएमा घोषित आन्दोलनको कार्यक्रम अनुरुप सशक्त जनप्रतिरोध हुने सम्बन्धित सबैमा सचेत गराउँदछौं । यो परिस्थितिबाट हुने सबैखाले क्षतिको जिम्मा कार्की र कार्की नेतृत्वको सरकार स्वयं हुनेछ ।’

समितिले कोशी नाममा मतदान गर्ने एमाले, कांग्रेस र माओवादीका ८२ जना प्रदेश सांसद र पहिचानकाे आन्दोलनलाई होच्याउने एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, र एमाले नेता योगेश भट्टराई र महेश बस्नेतलाई प्रदेश १ का जिल्लाहरुमा प्रवेश रोक लगाएको थियो ।

कोशी नाम खारेज गरी पहिचानको आधारमा नामकरण नगरेसम्म ती नेताहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने, सार्वजनिक कार्यक्रममा अतिथि नबनाउने र जबरजस्ती गरिए प्रतिरोध गर्ने समितिले पटक पटक उल्लेख गर्दै आएको छ ।

यसअघि विभिन्न जिल्लामा नेताहरुको प्रतिरोध भएको थियो ।

असोज १३ गतेको कार्यक्रम पनि रद्द गर्न मुख्यमन्त्री कार्कीसँग आग्रह गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. We have to stop him due to their party is against the local inhabitants
    So there will be a big trouble with Karki😡😡

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्