प्रा.डा. महेन्द्र लावती नेतृत्वको पहिचानवादी मोर्चाले संघीय समितिको सल्लाहकार र संघीय सदस्यहरुको मनोनयन गरेको छ ।
कात्तिक २० गते मोर्चाको संघीय समितिको पूर्ण बैठक बसी दुई जना सल्लाहकार र ९० जना संघीय समिति सदस्यहरुको मनोनयन गरेको हो ।
सल्लाहकारहरुमा प्रा.डा. ग्यानेस लामा र निरन्जन ‘नीर’ अधिकार छन् । उनीहरु दुवै जना अमेरिकामा बसोबास गर्छन् ।
पूर्वका विभिन्न जिल्लाबाट ९० जना संघीय समिति सदस्यहरुको मनोनयन गरिएको छ । जसमा अधिकांश लिम्बु समुदायका छन् ।