काठमाडौं महानगरका प्रमुख बालेन साहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा स्टाटस राखेका छन्।

युवा पुस्ताकाे बिचमा लोकप्रिय रहेका प्रमुख साहले लेखेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस्, साँच्चै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्।’

आफूलाई कम्युनिष्ट भन्ने प्रधानमन्त्री ओलीलाई उनका कार्यकर्ताहरूले अक्सर बा भनेर चिन्ने गरेका छन्।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, चरम गतिमा मौलाइरहेकाे भ्रष्टाचार र बेथितिका विरुद्धमा सोमबार जेनजी युवाहरूले काठमाडाैंसहित देशभर प्रदर्शन गर्दा काठमाडाैंमा सरकारकाे निर्देशनमा गोली हानी १९ जनाको हत्या गरिएको थियो।

हाल ३०० भन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाले देशभर प्रधानमन्त्री र कांग्रेससँगकाे गठबन्धन सरकारको विरोध भइरहेको छ।

प्रमुख साहले प्रधानमन्त्री ओली नेता त के मान्छे पनि बन्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्।’