जनता समाजवादी पार्टी (जसपा)मा फुट निश्चित भएको बेला पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकता कायम राख्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले जसपाको एकता कायम राखी देशको वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका हुन् ।
उनले हिजो ट्वीट गर्दै यस्तो भनाइ राखेका हुन् ।
उनले जसपा हिमाल पहाड र तराईका प्रमुख जातीय क्लस्टरहरु मधेसी–थारु, आदिवासी जनजाति र खस–आर्य तथा महिला, दलित आदि समूहको समानुपातिक समावेशी प्रतिनिधित्व भएको समुन्नत संघीय समाजवादमा आधारित वैकल्पिक राजनीतिक दल भएको बताएका छन् ।
जसपा हिमाल-पहाड-तराईका प्रमुख जातीय क्लस्टरहरू मधेसी-थारू,आदिवासी जनजाति र खस-आर्य तथा महिला,दलित आदि समूहको समानुपातिक समावेसी प्रतिनिधित्व भएको समुन्नत संघीय समाजवादमा आधारित वैकल्पिक राजनीतिक दल हो।यी आदर्शमा दृढरहदै दलको एकता कायम राखौं!वैकल्पिकशक्ति निर्माण अभियान सफल पारौं!
— Baburam Bhattarai (@brb1954) July 7, 2021