राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

लिङ्देनले प्रतिद्वन्द्वी कमल थापालाई २०० मत अन्तरले हराए ।

निर्वाचन समितिका अनुसार लिङ्देनले १८१७ मत पाए भने थापाले १६१७ मत पाए । ४३१ मत भने बदर भएकाे छ ।

राजतन्त्र र हिन्दुराज्य मुख्य एजेण्डा बाेकेकाे राप्रपाकाे अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि उनलाई अन्य पार्टीका नेताहरुले पनि बधाई दिएका छन् ।

गत मंसिर १५ गतेदेखि काठमाडाैंमा सुरु भएकाे राप्रपाकाे एकता महाधिवेशनबाट राप्रपामा वर्षाैदेखि रगजग गर्दै आएका कमल थापा हारेका हुन् । लिङ्देन राप्रपाकाे एक मात्र निर्वाचिति संघीय सांसद पनि हुन् ।

कमल थापा संसदीय निर्वाचनमा पनि पराजित भएका नेता हुन् ।

पार्टीकाे एकता महाधिवेशनमा आफ्नाे हार स्वीकार गर्दै थापाले लिङ्देनलाई बधाई पनि दिएका छन् ।

थापाले सामाजिक सन्जालबाट भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’