पत्रकार तथा चलचित्र निर्देशक मनबहादुर पुन मगर संघकाे उपमहासचिवमा निर्वाचित

अध्यक्षमा ज्ञानेन्द्र पुन मगर

पत्रकार तथा चलचित्र निर्देशक मनबहादुर पुन नेपाल मगर संघकाे उपमहासचिवमा निर्वाचित भएका छन् ।

गत चैत २५ देखि २७ गतेसम्म दाङको घोराहीमा सम्पन्न संघको १२औं राष्ट्रिय महाधिवेशनबाट पत्रकार तथा निर्देशक पुन उपमहासचिवमा निर्वाचित भएका हुन् ।

डेढ दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका पुनले गायन र संगीत क्षेत्रमा पनि काम गर्दै आएका छन् ।

मनास्लु मिडिया तथा मनास्लु पाेस्ट डटकमका सञ्चालक रहेका उनले ५१ जना मगर कलाकारहरुको आवाज समेटेर आफ्नै शब्द तथा संगीतमा मगर राष्ट्रिय गीत ‘जय मगर’काे निर्माण गरेका थिए ।

उनले लाङ्घाली, तिम्रो हुँ म, लेखान्त, झल्को, समर्पित मगर चलचित्र लगायत ३७ वटा जनजाति चलचित्रकाे लेखन तथा निर्देशन पनि गरेका छन् ।

उक्त महाधिवेशनले ज्ञानेन्द्र पुन मगरकाे अध्यक्षतामा ११५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

संघकाे सह-अध्यक्षहरुमा गंगाबहादुर थापा मगर, गंगा खासु मगर र दलबहादुर विरकट्टा मगर निर्वाचित भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा धनवहादुर पुनमगर, महिला उपाध्यक्षमा सिमा गर्बुजा पुनमगर र खुल्ला उपाध्यक्षमा तेज तामामी मगर, रक्षाबहादुर रैका मगर, जगतबहादुर रेश्मी मगर, सिता राना मगर, दरजित रोका मगर र गीता सारु मगर चयन भएका छन् ।

(बाह्र मगरात) उपाध्यक्षमा गणेश पिठाकोटे मगर, अथार मगरात) उपाध्यक्षमा जीवन प्रवेश रोका मगर, सांस्कृतिक उपाध्यक्षमा कवीराज मगर चयन भएका छन् ।

त्यसैगरी महासचिवमा टेकबहादुर नामजाली मगर, उपमहासचिवहरुमा पत्रकार तथा निर्देशक पुनसहित खगेन्द्र पुन मगर, एकु थापा मगर, कमला थापा मगर, सविना बुढा मगर, होमराज खपांगी मगर, शारदा मगर, चन्द्रज्यती आले मगर, जयप्रकाश बुढा मगर, खेम पुन मगर, राजु राना मगर, सावित्री राना मगर, छत्रबहादुर लुंगेली मगर, समिर राना मगर, कमल थापा मगर, मिनबहादुर दलांमी मगर, लिला मास्की राना मगर निर्वाचित भएका छन् ।

सचिवमा भातृ संगठनबाट बिनिता आले मगर, प्रवासबाट छत्रबहादुर घले मगर, प्रदेश नं १ बाट तेजकुमार आले मगर, मधेश प्रदेशबाट रामकुमारी आले मगर, बागमती प्रदेशबाट राजकुमार थापा मगर, गण्डकी प्रदेशबाट लोकेन्द्र तारामु थापा मगर, लुम्बिनी प्रदेशबाट विमल सारु मगर, कर्णाली प्रदेशबाट आसुराम सोमै मगर, सुदुर पश्चिमाञ्चलबाट विन्द्रा बलामी थापा मगर चयन भएका छन् ।

कोषाध्यक्षमा भने हिरासिंह सराइकोटी मगर र सहकोषाध्यक्षमा पूर्णबहादुर राना मगर चयन भएका छन् ।

त्यसैगरी निर्वाचन समितिको संयोजकमा सिद्धान्त जर्गा मगर, लेखा समितिको संयोजकमा जीवन थापा मगर, अनुशासन समितिको संयोजकमा अशोक सारु मगर चयन भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्