Thursday, September 28, 2023

संघीयता धर्मनिरपेक्षता समावेशिता उल्टाउने चलखेल बन्द गर

नेपाल मगर संघले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिताजस्ता महत्वपूर्ण उपलब्धिहरुलाई परिवर्तन नचाहने एकात्मकवादी केन्द्रिकृत सोच भएकाहरुले उल्टाउन खोजिरहेको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव टेक बहादुर नामजालीमगरले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधान २०७२ मा आफूहरुको आंशिक सहमति रहेको र संविधानमा भएका उपलब्धिहरुलाई समेत पछिल्लो समय उल्टाउन खोजिएको उल्लेख गरेका छन् ।

पहिचान र सामथ्र्यका आधारमा संघीयता निर्माण नभए पनि धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धिहरुलाई जोगाउनुपर्ने संघले जनाएको छ ।

‘संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी जस्ता महत्वपूर्ण उपलब्धिहरुलाई एकात्मकवादी, एकल धर्मवादी, केन्द्रिकृत सोच भएका, र परिवर्तन नचाहने सम्भ्रान्त र शासक वर्गहरुले र सुन्दर देश नेपालको प्रगति, धार्मिक/जातीय सद्भाव, प्रकृति नियमको विज्ञान अनुरुप सहअस्तित्व र सहकार्य विपरीत नस्लवादी, अहंकार, नाजीवादी सोचले देशमा स्थायित्व भएको नचाहने केही देशी–विदेशी शक्तिहरुले सारा उपलब्धिहरु उल्टाउने गरी चलखेल भइरहेको छ, त्यसप्रति नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

समानुपातिक समावेशिता र पहिचानसहितको संघीयता निर्माण नभए पनि हालसम्मका प्राप्त उपलब्धिहरुलाई उल्टाउने षडयन्त्र र चलखेल गरिए सिंगो मगर समुदाय आन्दोलित हुने विज्ञप्तिमार्फत जनाइएको छ ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्