Sunday, November 27, 2022
10.5 C
Diktel

मगर संघकाे राष्ट्रिय महाविधेवशन कोरोना महामारी सामान्य भएकाे एक महिनाभित्रै गरिने

Subtitle

नेपाल मगर संघको १२औं राष्ट्रिय महाविधेशन सरकारले कोरोना महामारी सामान्य भएको घोषणा गरेको एक महिनाभित्रमा गरिने भएको छ ।

मंगलबार काठमाडौंको कलंकीस्थित संघको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।

संघको १२औं राष्ट्रिय महाधिवेशन गत २०७८ माघ १९ देखि २२ गतेसम्म गर्ने तय भएको थियो ।

तर कोरोना महामारीको तेस्रो लहर (ओम्निक्रोन) नियन्त्रण तथा रोकथाम गर्न सरकारले भेला, जुलुस, सभा, सम्मेलन गर्नमा रोक लगाएपछि महाधिवेशन रोकिएको थियो ।

सो क्रममा संघका अध्यक्ष र महासचिवप्रति कपोकल्पित र आधारहिन आरोप लगाएर संघको गरिमा, महत्व र साझापनको आकर्षणलाई भताभुंग पार्ने प्रयास गरिएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा मगर समुदायलाई विभाजन गर्ने कार्य नगर्न सचेत गराउँदै आवश्यक परे कानुनी कारबाहीको बाटो खोज्ने चेतावनी समेत दिइएको छ ।

खासगरी राजावादी र प्रतिगामी तत्वहरु गणतन्त्रवादी नेपाल मगर संघलाई सिध्याउने दुस्प्रयास गरिरहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मगर विभाजन गर्ने घृणित कार्य नगर्न नगराउन र सच्चिन सम्बन्धित पक्षलाई चेतावनी दिइन्छ, होइन भने यस्तो खालको गतिविधिबाट हुन पुगेको संघ र पदाधिकारीहरुको मानहानीको विरुद्धमा कानुनी उपचारमा जान बाध्य हुनेछ ।’

लोकसेवा पास गरी शाखा अधिकृत हुनेहरुलाई सम्मान

पत्रकार सम्मेलन लगत्तै लोकसेवा पास गरी निजामती क्षेत्रमा शाखा अधिकृत भएर काम सुरु गरेका २२ जना मगर कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई सेतो टीका र खादा लगाएर प्रमाणपत्र प्रदान गरिएको थियो ।

तर, उक्त कार्यक्रममा विविध कारणले सबै शाखा अधिकृत पास गर्नेहरु सहभागी हुन सकेनन् । बाँकी रहेकाहरुलाई पछि सम्मान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्