मगर सांस्कृतिक तथा व्यापार महोत्सव सुरु

नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ ।

नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्नेछ ।

महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गरे ।

जिल्लामा पहिलो पटक भएको महोत्सवमा मगरहरूको कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शनी र कृषि, पर्यटनको विकासमा टेवा गर्ने नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु मगरले बताए ।

महोत्सवमा एकसय ५० वटा स्टल राखिएको छ ।

महोत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेशद्वार, मगरहरूले परापूर्वकालमा प्रयोग गर्ने घरका नमुना, भाँडाकुँडाको प्रदर्शनी कक्ष राखिएको छ ।

-गाेरखापत्र अनलाइनबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्