भारतको सिक्किममा युनेस्कोका गतिविधि सञ्चालन गर्नेबारे छलफल

विजय चाम्लिङ

भारतको सिक्किम राज्यमा युनेस्कोका गतिविधिहरु अघि बढाउने सम्बन्धमा दुई पक्षीय छलफल भएको छ ।

वरिष्ठ युनेस्कोकर्मी तथा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरि बंश किराँत नेतृत्वको टोली र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङबीच आइतबार काठमाडौंमा छलफल भएको हो ।

सिक्किममा रहेका विभिन्न समुदायहरुको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि नेपाल र सिक्किमबीच सहकार्य गर्नेबारे पूर्वमुख्यमन्त्री चाम्लिङसँग छलफल भएको आयोगका सदस्य किराँतले बताए ।

सो क्रममा पूर्वमुख्यमन्त्री चाम्लिङले फ्रान्सको पेरिसमा रहेको युनेस्कोको प्रधान कार्यालयमा आफूले पनि भ्रणम गरेको स्मरण गर्दै सिक्किममा युनेस्को अभियान अघि बढाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले यसअघि सिक्किमका विभिन्न चार वटा क्षेत्रलाई विश्व सम्पदाको सूचीमा राख्ने प्रस्ताव गरेकोमा युनेस्कोले कञ्चनजङ्गा क्षेत्रलाई सूचीकृत गरेको जानकारी दिए ।

युनेस्कोकर्मी किराँतसहितको टोलीले काठमाडौंको कालिमाटीस्थित सोल्टी होटलमा पूर्वमुख्यमन्त्री चाम्लिङसँग भेटघाट गरेको हो ।

जसमा युनेस्काेकर्मी किराँत सहित किरात संस्कृति तथा लिपिका अभियान्ता तीर्थराज मुकारुङ, मातृभाषी पत्रकार तथा सांस्कृतिक अभियान्ता तिलक चाम्लिङ, किराती सांस्कृतिक वस्तुहरुका उत्पादक अस्मी खालिङ राई र पत्रकार विजय चाम्लिङ थिए ।

हालै ‘डा. डिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार’बाट सम्मानित भएका पूर्वमुख्यमन्त्री चाम्लिङ केही दिनदेखि नेपाल भ्रमणमा रहेका छन् ।

विश्वभरि १९५ देशमा विस्तार भएको युनेस्कोले शिक्षा, विज्ञान, संस्कृति, सामाजिक तथा मानवीय सञ्चार क्षेत्रमा अनुसन्धान र विकास गर्ने उदेश्यसहित विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. समाचारको निमित्त SALPA ONLINE लाई धन्यवाद 🙏

  2. अमूर्त सॅस्कृति संरक्षण आजको विशेय बिषयमाथी छलफलले विशिष्ठ महत्व राख्दछ । छलफलको कार्यान्वयन हुनेमा भरोसा गर्न सकिन्छ ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्