५ सय वर्षअघि खस समाजमा बौद्ध धर्म–संस्कृति थियो : चन्द्रप्रकाश बानियाँ

लेखक चन्द्रप्रकाश बानियाँले खस समाजले करिब ६ वर्षअघि एउटा खास परिस्थितिमा मात्रै हिन्दू धर्म संस्कार अंगिकार गरेको बताएका हुन् ।

खसहरुले हिन्दू धर्म छोडेर मौलिक मस्टो धर्म अंगिकार गर्नुपर्ने अभियानमा लागेका उनले खसहरुले हिन्दू धर्म अंगिकार गर्नुपूर्व बौद्ध धर्म संस्कार मान्ने गरेको पनि बताए ।

खस समाजमा हिन्दू धर्म छोड्यो भने जन्मदेखि मृत्युसम्मका संस्कार के होला भन्ने चिन्ता रहेको भन्दै उनले त्यो चिन्ता बेकारको भएको जनाए ।

हिजो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखे, ‘बेसारविना भतेर अडकन्छ कि भनेजस्तो हो त्यो चिन्ता ।’

शिक्षाविद समेत रहेका उनले धर्म संस्कृतिका लागि मान्छे नभएर मान्छेका लागि धर्म संस्कृति हो भने ।

उनले लेखेका छन्, ‘धर्म संस्कृतिको लागि मान्छे हुँदैन । गहिरोगरी एकछिन चिन्तन गरौ र सोचौ त हिन्दू संस्कार संस्कृति खसहरुका लागि हो कि अरु कसैको स्वार्थका लागि ?’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्