प्रदेश १ काे नाम किरात प्रदेश राख्न दबाब परिरहेकाे बेला ‘किरात सभ्यता’ नामक पुस्तक लाेकार्पण गरिएकाे छ ।
हिजाे प्रदेश १ काे राजधानी विराटनगरमा एक कार्यक्रमकाे आयाेजना गरी किरात राई यायोक्खाले उक्त पुस्तक ‘किरात सभ्यता’ लाेकार्पण गरेकाे हाे ।
उक्त पुस्तक प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सभामुख प्रदिपकुमार भण्डारीसहित मन्त्री र उपभामुखहरुबाट लाेकार्पण गरिएकाे हाे ।
डा. कैलाशकुमार राई र शालिक सतासक राईले सम्पादन गरेको उक्त्त पुस्तकमा प्रदेश १ को प्राचिन जाति किरात नै भएको र सबैको साझा सभ्यता किरात नै भएको खोज अनुसन्धानबाट पुष्टि गराइएको छ ।
पुस्तकमा प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.डा. बिष्णुएस राई, डा. तारामणि राई, डा. कैलाशकुमार राई, डा. धनप्रसाद सुवेदी र भोगिराज चाम्लिङ लगायतका एक दर्जन लेखक तथा अन्तर्वाताहरु समेटिएका छन् ।