जापानी नगरप्रमुखलाई किरात संस्कृति झल्किने वाबु उपहार

खोटाङ । खाेटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरप्रमुख ओकावा हिदेकोलाई किरात समुदायको संस्कृति र पहिचानसँग जोडिएको वाबु (चिन्डो) उपहार दिएका छन् ।

जापान भ्रमणमा रहेका प्रमुख भट्टराईले हिदेकोलाई वाबुका साथै चोयाबाट बुनेको भुने, थुन्से, बुद्धको मुर्ति, माछापुच्छ्रे हिमालको तस्बिर, दुई देशको झन्डाअंकित सामग्रीलगायतका उपहार दिएका हुन् ।

हिदेकोले भने भट्टराईलाई त्यहाँको उच्च सम्मानअनुसार प्रदान गरिने अंगुरबाट बनेको प्लेट र स्थानीय पङ्खा उपहार दिएकी छन् ।

नगरप्रमुख भट्टराई शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन, कृषिलगायत विषयमा अध्ययन गर्नका लागि १५ दिने औपचारिक भ्रमणमा गत माघ १ गते जापान पुगेका हुन् ।

भट्टराई र हिदेकोबिच २६ जनवरी २०२३ मा औपचारिक भेटवार्ता भएको थियाे ।

सो क्रममा दुवैले एक अर्कालाई आ–आफ्नाे देशको मौलिक कला-संस्कृति झल्काउने सामग्रीहरु उपहारस्वरुप आदान–प्रदान गरेका हुन् ।

पत्रकार सन्तोष घिमिरेका अनुसार भेटवार्तामा प्रमुख भट्टराईले आफ्नाे नगरपालिकाको औपचारिक भ्रमण गर्नका लागि हिदेकोलाई निमन्त्रणा समेत गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्