महावीर पुनको जीवनी समेटिएको पुस्तक प्रि-अर्डरका लागि खुला

वैज्ञानिक महावीर पुनकाे जीवनी पुस्तककाे प्रि-अर्डर खुला गरिएकाे छ । मंगलबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका पुनले आफ्नो पुस्तककाे प्रि-अर्डर खुला भएकाे जानकारी दिए ।

उनकाे सामाजिक सञ्जाल ट्वीटरबाट आफ्नो जीवन कथामा आधारिक पुस्तकको मूल्य ७६० रुपैयाँ ताेकिएकाे बताए ।

३०० पेजको सो पुस्तक विभिन्न तरिकाले प्रि-अर्डर गर्न सकिन्छ ।

नेपालभित्र वा बाहिर बस्ने जोसुकैले आवश्यक पुस्तकको संख्या तोकी प्रि-अर्डर गर्न सक्ने छन् । प्रि-अर्डर वा पुस्तक खरिद गर्न इच्छा लागेका व्यक्तिले यहाँ क्लिक गरी फारम भर्न सक्ने छन् ।

प्रि-अर्डरका लागि राष्ट्रिय आविष्कार केन्द्र (Rastriya Awiskar Kendra) को नाममा रहेको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखा (Nepal Bank Ltd, Kirtipur Branch) को खाता नम्बर (Account Number) 04500107021517000006 मा ७५० रुपैयाँ पठाउनुपर्ने हुन्छ ।

रकम पठाएको भौचर इमेल ([email protected]) वा ९८४१५९२३६१ मा रहेको ह्वाट्सएप, भाइबर, एसएमएस आदिमा पठाउन सकिनेछ ।

पुनका अनुसार पुस्तक बिक्री गरेर आएको सम्पूर्ण रकम वीरगञ्जकाे कृषि औजार कारखाना मर्मत गर्ने काममा तत्कालै खर्च गरिनेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img