‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ का लागि मुल व्यवस्थापन समिति गठन

‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई सफल बनाउनका लागि मुन्दुम ट्रेलसँग जोडिएका पालिकाहरुको सहभागितामा मुल व्यवस्थापन समिति गठन गरिएको छ ।

गत फागुन १४ गते भोजपुरस्थित टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा आयोजित अन्तरपालिका अन्तरक्रिया कार्यक्रमबाट मुल व्यवस्थापन समिति गठन गरिएको हो ।

मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश कुमार राईका अनुसार उक्त कार्यक्रमबाट एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ आयोजना गर्ने र मुन्दुम ट्रेलको पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसामु संयुक्त प्रस्ताव पेस गर्ने निर्णय पनि गरिएकाे छ ।

अन्तरक्रियामा टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमा राई, वडाअध्यक्षहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, सल्लाहकार सुर्य राई, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राईसहित वडाअध्यक्षहरु, आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, भोजपुर नगरपालिकाका प्रतिनिधि मनोज खनाल, केपिलासगढी गाउँपालिकाका वडाअध्यक्षहरु निरकुमार राई, मिलन राईलगायत सहभागी थिए ।

मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाले व्यवस्थापन गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्