शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् ।

गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिक सत्रदेखि शिक्षक र कर्मचारीले छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो ।

​गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिन यो निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले दिइन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ ।

गाउँपालिकाका जनप्रतिनिधिले २०७९ को शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान शुरु गरेका थिए ।

जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकले यो निर्णय गरेको उनले बताए ।

गाउँपालिकाले शुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकले सहयोग गरेकाले हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

‘जनप्रतिनिधिले अघिल्लो शैक्षिक सत्रमै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन् । शिक्षकले पनि यो कदमलाई साथ दिएका छन्’, उनले भने ।

गाउँपालिकाले २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानका रूपमा अगाडि बढाएको छ ।

सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चुमानको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब ४०० विद्यार्थी अध्ययनरत छन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ ।

त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने उनले बताए ।

‘सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो’, अध्यक्ष चुमानले भने ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्