नेपालगञ्जमा वैशाख ९ देखि एकसाता लकडाउन गरिने

बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिँदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

उनले एक दिनमा ३०० भन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अति धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताए ।

बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहने गरी लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।

अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३२२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।

बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा सोमवार एकदिनमा मात्रै ३२२ जना सङ्क्रमित फेला परेका छन् ।

भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरी ३२२ जनामा कोरोना पुष्टि भएको छ । गाेरखापत्र

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्