तत्काल लकडाउन हुँदैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले तत्काल लकडाउन नहुने बताएका छन् । बुधबार नयाँ वर्षको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अरु कुनै विकल्प नरहेको अवस्थामामात्रै लकडाउनबारे सोच्न सकिने बताएका हुन् ।

उनले भनेका छन्, ‘सकेसम्म हामी लकडाउनमा जान चाहँदैनौँ । तत्काल लकडाउन हुँदैन पनि । सावधानी अपनाउने हो भने जनजीवन पनि सामान्य बन्न सक्छ ।’

कोरोना भाइरसको महामारी पुनः तीव्र हुन थालेपछि लकडाउनको जोखिम बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले तत्कालका लागि अस्वीकार गरेका हुन् ।

आफूले लकडाउनको धम्की दिएको भनेर गरिएका दाबी पनि तथ्यहिन रहेको उनले बताए । तर अवस्था गम्भीर बनेमा लकडाउनको सम्भावना भने नकार्न नसकिने उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘महामारी ह्वात्तै बढ्यो र अरु विकल्पले काम गर्न सकेन भने लकडाउन हुन पनि सक्छ । तर त्यो अन्तिम विकल्प हो ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्