निर्वाचन कार्यतालिका सार्वजनिक: कहिले के हुने?

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकाः

कात्तिक ३० गतेसम्मः दल दर्ताको प्रमाणपत्र लिनुपर्ने अन्तिम मिति
मङ्सिर १–१० गतेः राजनीतिक दल दर्ता गर्ने समय
मङ्सिर १५ गतेः समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
पुस १८–१९ गतेः बन्दसूची पेस गर्ने मिति
माघ २ गतेः पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
फागुन ३–१८ गतेः निर्वाचन प्रचारप्रसार अवधि
फागुन २१ गते (बिहान ७ – बेलुका ५): मतदान हुने मिति
फागुन २१ गतेदेखिः मतपेटिका सङ्कलनपछि मतगणना सुरु।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनकारीको माग बमोजिम प्रतिनिधिसभाको विघटन गरेकी थिइन्।

प्रतिनिधिसभा विघटन भएपछि आगामी फागुन २१ गते निर्वाचन तोकिएको थियो।

प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पिने बताउँदै आएकी छन्।

हाल निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको छ। मतदाता नामावली सङ्कलन कार्य आगामी कात्तिक ३० गतेसम्म जारी रहनेछ।

आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउनेछन्।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन गर्न नपाउने कानुन सरकारले अध्यादेशमार्फत संशोधन गरेपछि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img