मैले त ‘किरात प्रदेश’ गराै भनेकै थिएँः भवानी बराल

लेखक तथा पत्रकार भवानी बरालले प्रदेश नं. १ को नामकरणको सन्दर्भमा आफूले किरात प्रदेश राख्न पहल गरेको बताएका छन्।

लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ आदिको प्रस्थान विन्दु किरात हुन सक्ने भएकाले त्यसमा टेकेर अघि बढ्ने गरी किरात प्रदेशको पक्षमा वकालत गरेको उनको भनाइ छ।

किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियानले गत शनिबार काठमाडौंमा आयोजना गरेको ‘पहिचान, आन्दोलन र निर्वाचन’ विषयक अन्तरक्रियामा उनले सो कुरा बताएका हुन्।

उनले भने, “मैले इटहरीमा भाषण गरेको थिएँ। कांग्रेस एमालेकाहरूले ‘किरात गरौं’ भने, मैले ‘लु गरौं’ भनेपछि पछि हटे। किरात गर्दा लिम्बु रिसाउँछ कि?… यो केही होइन। कमसेकम टेक्ने ठाउँ हो। त्यसले अग्रगमनतिरै लैजान्छ नि त। भोलि लिम्बुवान बनाउला, कोचिला बनाउला, विराट बनाउला, शेर्पालुङ बनाउला। उन्मुख हुने प्रस्थान विन्दु त हो नि।”

आफूले लिम्बुवान आन्दोलनको पक्षमा २०५६ सालदेखि लेख्दै आएको र किरात प्रदेशको लागि लिम्बु समुदायलाई मनाउन जिम्मा लिएको उनले स्मरण गरे।

उनले भने, “लिम्बुलाई सम्झाउने काम मेरो भो भनेको थिएँ। किनभने ०५६ सालदेखि मैले अन्तरंग लिम्बुवानको आन्दोलनमा लेखिरहेको छु। लिम्बुवानको राजनीति भन्ने विषयमा त पुस्तक नै लेखेको छु। मेरो योगदानको कुराले पनि त्यो समुदायले मेराे कुरा सुन्छ होला भन्ने लागेर भनेको थिएँ।”

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img