दलीय गतिविधिमा लागेका तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन निष्पक्षतामाथि प्रश्न उठ्ने गरी गैरदलीय सरकारका मन्त्रीहरू दलीय गतिविधिमा संलग्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले कडा कदम चालेकी छन्।

उनले शहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल र युवा तथा खेलकुलमन्त्री बब्लु गुप्तालाई पद छाड्न निर्देशन दिएकी हुन्।

चुनावी प्रयोजनका लागि गठन गरिएको गैरदलीय सरकारमा बसेर दलगत क्रियाकलाप गर्नु निर्वाचन मर्यादाविपरीत भएको ठहर गर्दै प्रधानमन्त्री कार्कीले राजीनामा मागेको स्रोतले जनाएको छ।

सरकारमै रहँदा घिसिङले ‘उज्यालो नेपाल पार्टी’ को संरक्षक बनेर निर्वाचन आयोगमा दल दर्ता गराएको तथा उक्त दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बिलय गराएका थिए।

यस्तै, सञ्चारमन्त्री खरेल र युवा तथा खेलकुलमन्त्री गुप्ता पनि रास्वपासँग नजिकिँदै दलीय गतिविधिमा आबद्ध भएको पाइएको छ।

गैरदलीय सरकारको उद्देश्य र तटस्थतामाथि प्रश्न उठ्न थालेपछि प्रधानमन्त्रीको यो कदमलाई निर्वाचनको निष्पक्षता जोगाउने प्रयासका रूपमा हेरिएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img