जसपाद्वारा खोटाङबाट राकेश राईलाई उम्मेदवार घोषणा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले खोटाङ जिल्लाबाट राकेश राईलाई उम्मेदवार बनाएको छ।

जसपा अध्यक्ष अशोक राईले आइतबार ललितपुरको ग्वार्कोस्थित पार्टी केन्द्रीय कार्यालयमा राईलाई उम्मेदवारी मनोनयनको औपचारिक पत्र हस्तान्तरण गरेका हुन्।

यसपटक जसपाको चुनाव चिन्ह ‘जाँतो’ रहेको छ।

खोटाङका चिरपरिचित नेता तथा समाजसेवी राईले यसअघि दुई कार्यकालसम्म खोटाङ सेवा समाजको अध्यक्षको जिम्मेवारी सम्हाल्दै जिल्लावासीको सेवा गरिसकेका छन्।

उनको पारिवारिक पृष्ठभूमि समाजसेवा, राजनीति र कला क्षेत्रसँग जोडिएको छ।

राई खोटाङका पूर्व जिल्ला सभापति रत्न राईका छोरा र लोकप्रिय गायक राजेश पायल राईका सहोदर दाजु हुन्।

उनका कान्छा भाइ नविन राई पनि सांगीतिक क्षेत्रमै सक्रिय छन्।

भूतपूर्व ब्रिटिस आर्मीसमेत रहेका राईले मुलुकमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्दै खोटाङको विकास र समृद्धिका लागि उम्मेदवारी दिने बताएका छन्।

उनले राज्यमा सबै जाति र समुदायको समान सहभागिता, सबै पहिचान र सम्मान सुनिश्चित गर्न ‘जाँतो’ चुनाव चिन्हमा मतदान गरी विजयी गराउन खोटाङबासीसँग आग्रह गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img