Saturday, September 23, 2023

नेपाली समाज बेलायतको अध्यक्षमा बसुन्धरा याक्खा राईको उम्मेदवारी घोषणा

आगामी १३ फेब्रुअरीमा हुन लागेको ‘नेपाली समाज बेलायत’को प्रथम अधिवेशनमा बसुन्धरा याक्खा राईले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।

उनी हाल संगठनको पहिलो नम्बरको सहअध्यक्षको जिम्मेवारीमा रहेकी छन् । नेपाली समाज बेलायत जनता समाजवादी पार्टी नेपालको विदेश संगठन हो ।

२०६९ सालमा अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी नेपाल गठन भएदेखि नै उनी पार्टीमा आवद्ध भएकी थिइन् ।

उनी हाल संगठनको पहिलो नम्बरको सहअध्यक्षको जिम्मेवारीमा रहेकी छन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीको नीति, सिद्धान्त, विचार र विधान राम्रा भए पनि विविध कारणले पार्टीले अपेक्षित गति लिन नसकेको बताएकी छन् ।

उनले पार्टीको नीति, सिद्धान्त र विधान अनुसार सबै जाति र समुदायको न्याय र समानता तथा महिला सहभागिता लगायतका विषयमा इमान्दार भएर काम गर्ने प्रतिवद्धतासमेत जनाएकी छन् ।

यसअघि गत २ जनवरीमा संगठनका अर्का सहअध्यक्ष कमलप्रसाद राईले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए ।

हाल अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी राई २०३६ सालदेखि नै राजनीतिक आन्दोलनमा लागेकी थिइन् ।

उनी राजनीतिका साथै किरात याक्खा छुम्मा, गोर्खा भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ बेलायत, संखुवासभा समाज बेलायतलगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि क्रियाशील रहँदै आएकी छन् ।

२०४२ सालमै प्रवेशिका उतिर्ण गरेकी उनले २०५१ सालमा पद्मकन्या क्याम्पस बागबजार काठमाडौंबाट प्रमाणपत्र तहको शिक्षा लिएकी थिइन् ।

विद्यार्थी जीवनकालमा अनेरास्ववियुबाट पार्टी संगठनमा लागेकी उनी २०३६ सालको झापा आन्दोलनमा सहभागी भएकी थिइन् ।

पार्टीलाई आर्थिक, भौतिक, नैतिकलगायत सबैखाले सहयोग गर्दै आएकी राईले नेपाली समाज बेलायतको अध्यक्षमा आफूलाई सहयोग गर्न पार्टी पंक्तिसँग आग्रह गरेकी छन् ।

बेलायतको अल्डरसटमा हुन लागेको अधिवेशनमा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई प्रमुख अतिथि र वरिष्ठ नेता अशोक राई विशेष अतिथि हुनेछन् ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्