रुकुमपूर्वमा हिमपात, किसान खुसी

रुकुमपूर्वमा हिमपात भइरहेको छ। आज रातिदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।

माथिल्लो उच्च भेगमा हिमपात भइरहेको छ भने तल्लो भेगमा पानी परिरहेको छ। यस वर्षको यो दोस्रो पटकको हिमपात हो।

तीनवटा गाउँपालिका रहेको रुकुमपूर्वका तीनै गाउँपालिकाका माथिल्लो भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ। पानी र हिमपात हुँदा यहाँका किसान खुसी भएका छन्।

माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी परेकाले यस वर्ष हिउँदे बाली सप्रिने पुथाउत्तरगङ्गा–१३ का दिपेन्द्र छन्त्यालले बताए।

आकासे पानीको भरमा खेतीपाती गर्दै आएका किसानका लागि हिउँदे बालीमा सिँचाइ मिलेको उनकाे भनाइ छ।

रुकुमपूर्व भूमे गाउँपालिका–१ र बाग्लुङ सिमाना यिरनेता (पातिहाल्ने) क्षेत्रमा भारी हिमपात भइरहेकोले मध्यपहाडी लोकमार्गमा सवारीसाधन आउजाउमा ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी उमाशङ्करप्रसाद यादवले रुकुमपूर्व र बाग्लुङसँगको सिमाना क्षेत्रमा बाक्लो हिमपात भइरहेकोले रुकुमपूर्व हुँदै काठमाडौँ आउजाउ गर्ने विभिन्न जिल्लाबाट आएका सवारी साधन काठमाडाैंबाट आएका पातिहाल्ने उताको भाग र रुकुमपूर्व हुँदै काठमाण्डौँ जाने विभिन्न जिल्लाका सवारीसाधन यताको भाग रुकुमकोट, काँक्री र लुकुममै राखिएको जानकारी दिए।

हिउँ पन्छाउँनका लागि नेपाल प्रहरी पनि लागि परिराखेको उनले बताए। गाेरखापत्र अनलाइनबाट

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img