चुम्लुङ अध्यक्षमा गोविन्द आङबुङ सर्वसम्मत निर्वाचित

महासचिवमा अमर तुम्याहाङ

किरात याक्थुङ चुम्लुङको १२औँ राष्ट्रिय महाधिवेशनबाट गोविन्द आङबुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

महाधिवेशनबाट उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङ्वा र चक्र येक्तेन तथा महासचिवमा अमर तुम्याहाङ निर्वाचित भएका छन्। उपमहासचिवमा भवानी विक्रम सम्बाहाम्फे चयन भएका छन्।

त्यसैगरी सचिवहरूमा दिपा लक्सम, लक्ष्मण लावती, जीवन प्रकाश सेर्मा र संगीता सुब्बा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कुमार जबेगु चयन भएका छन्।

डम्बर सिंगक लिम्बुका अनुसार महाधिवेशनले २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो।

‘लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता’ नारासहित चुम्लुङको १२औँ राष्ट्रिय महाधिवेशन चैत १२ देखि १५ (मार्च २६–२९) सम्म झापाको भद्रपुरमा सम्पन्न भएको थियो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img