श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै सुनिता खड्का नाम गरेकी युवतीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्।
उनले आज प्रहरीमा दिएको उजुरीपत्रको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
उजुरीमा आफू तथा आफ्नो परिवारलाई ज्यान मार्ने र घर जलाउने धम्की दिएको, अपशब्द प्रयोग गरी गालीगलौज गरेको उल्लेख गर्दै कानुनबमोजिम कडा कारबाहीको माग गरेका छन्।

