कोरोनाका कारण ब्रिटिस र सिंगापुर भर्ती मिति सर्यो

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहर चलेपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति तीन हप्ता पछि सारिएको छ ।

ब्रिटिस आर्मीको मुख्यालयले आफ्नाे वेबसाइट आर्मी डट एमओडी डट युकेबाट सूचना जारी गर्दै ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति तीन हप्ता पछि सारिएको जनाएको हो ।

‘देशभरि फैलिदै गइरहेको कोभिड–१९ को महामारीको संक्रमण रोकथामको लागि नेपाल सरकारले जारी गरेको आदेशलाई पालना गर्दै ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसको भर्ती दर्ता हुने मिति तीन हप्ताले पछाडि सारिएको जानकारी दिन चाहन्छौं,’ वेबसाइटमा उल्लेख छ, ‘मिति बदली भएको नयाँ कल फर्वर्ड लिस्ट तुरुन्त वेबसाइटमा राख्नेछौं । हामी अवस्थाको निरन्तर समिक्षा गरिरहने छौं अनि कुनै फेरबदल गर्न परेमा तथा आएमा तुरुन्तै खबर गर्नेछाैं ।’

ब्रिटिस आर्मीको मुख्यालयको यो सूचना रिक्रुट इन्टेक–२०२२ को लागि हो । जसको लागि अघिल्लो सूचनाअनुसार आगामी जेठ १० गतेदेखि साउन १४ गतेसम्म रजिस्ट्रेसनको समय तोकिएको थियो । हाल उक्त मिति तीन हप्ता पछि सारिएको हो ।

रिक्रुट इन्टेक–२०२२ का लागि ब्रिटिस आर्मीमा २३० र सिंगापुर पुलिसमा १४० जना छनोट गरिने छ । यसपटक ब्रिटिस आर्मीका लागि विगत वर्षमा भन्दा ११० जनाको कोटा घटाइएको छ ।

विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण बेलायत सरकारले रिक्रुट इन्टेक–२०२२ का लागि भर्ती नीतिमा कडाइ गरेको छ ।

यसअघि पूर्वमा धरान र पश्चिममा पोखरामा रजिस्ट्रेसन र क्षेत्रीय छनोट गरिन्थ्यो । यस पटक रजिस्ट्रेसन, क्षेत्रीय छनोट र केन्द्रीय छनोट सबै पोखरामै गरिने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्