ब्रिटिस र सिंगापुर भर्तीको रजिस्ट्रेसन २८ जुनदेखि अनलाइनबाटै

ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन चाहने युवाहरूले यसवर्ष अनलाइनबाटै रजिस्ट्रेसन भर्नुपर्ने व्यवस्था गरिएको छ ।

ब्रिटिस आर्मीको मुख्यालयले कोरोना महामारी कायम रहेकै अवस्थामा गोर्खा भर्ती प्रक्रिया अगाडि बढाउने तयारी गर्दै अनलाइनबाट रजिस्ट्रेसन भर्न नेपाली युवाहरूका लागि सूचना जारी गरेको छ ।

ब्रिटिस आर्मीको मुख्यालयले आफ्‌नो वेबसाइट आर्मी डट एमओडी डट युकेमा ब्रिटिस आर्मी र सिंगापुर पुलिस भर्तीबारे पछिल्लो सूचना राखेको छ ।

जसअनुसार २८ जुनदेखि १६ जुलाईसम्म अनलाइनबाट रजिस्ट्रेसन भर्नुपर्नेछ ।

यसअघि पूर्वमा धरान र पश्चिममा पोखरा पुगेर रजिस्ट्रेसन भर्ने गरिन्थ्यो । यस पटक क्षेत्रीय र केन्द्रीय छनोट पोखरामै हुनेछ ।

यस पटक उमेरको मापदण्ड समेत परिवर्तन गरिएको छ ।

यस वर्ष १९ देखि २१ वर्षभित्रका युवाहरूले मात्र भर्ती प्रक्रियामा सहभागी हुन पाउनेछन् । यसअघि १८ देखि २१ वर्षका सहभागी हुन पाउथेँ

शैक्षिक योग्यता पनि केही परिवर्तन गरिएको छ ।

सन् २०१६ सम्ममा एसएलसी दिएको भए न्यूनतम तेस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ भने सोपछि एसईई दिएको भए न्यूनतम सी ग्रेड हुनुपर्नेछ । गणित र अंग्रेजी विषयमा कम्तिमा सी ग्रेड अनिवार्य तोकिएको छ ।

ब्रिटिस आर्मीको मुख्यालयले जारी गरेको यो सूचना रिक्रुट इन्टेक–२०२२ को लागि हो ।

जसअनुसार यस पटक नेपालभरिबाट ब्रिटिस आर्मीका लागि २३० र सिंगापुर पुलिसका लागि १४० जना भर्ती हुनेछन् ।

याे पनि पढ्नुस्

कोरोनाका कारण ब्रिटिस र सिंगापुर भर्ती मिति सर्यो

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्