किरात राई यायोक्खा बेलायतको आठौं महाधिवेशन आगामी डिसेम्बरमा गरिने

किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिको आठौं महाधिवेशन आगामी ४ डिसेम्बर २०२१ मा गरिने भएको छ ।

किराया बेलायत केन्द्रीय कार्यसमितिका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा यही १५ मे २०२१ मा बसेको भर्चुअल त्रैमासिक (विस्तारित) बैठकले गत १७ अक्टोबर २०२० मा पारित संस्थाको संकल्प प्रस्तावको भावना र मर्म अनुरुप आगामी ४ डिसेम्बरमा आठौं महाविधेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

विधान अनुसार संस्थाको महाधिवेशन आगामी सेप्टेम्बरमा सम्पन्न गर्नुपर्ने भए पनि कोभिड–१९ को महामारी र संस्थाभित्रको आन्तरिक मतभिन्नता समस्याका कारण तीन महिना पछि सारेर महाधिवेशन गर्ने निर्णय गरिएको हो ।

संस्थाको विधान (संशोधन र परिमार्जन–२०१९) को धारा ९ को उपधारा १ मा रहेको व्यवस्था अनुसार महाधिवेशन तीन महिना पछि सार्ने निर्णय गरिएको हो ।

यसैगरी बैठकले महाधिवेशन अघि नै कार्यसमितिमा अल्पमतमा रहेको असन्तुष्ट समूहको माग सम्बोधन गर्ने र बेलायतमा रहेको समग्र किरात राईहरु मिलेर जाने वातावरण बनाउने निर्णय पनि गरेको छ ।

यसका लागि गत २२ अगष्ट २०२० मा संस्थाका उपाध्यक्ष मेजर दिलकुमार राईको संयोजकत्वमा गठित तीन सदस्यीय संवाद समितिलाई क्रियाशिल बनाउने निर्णय गरिएको छ ।

बैठकपछि हिजो अर्थात १६ मे २०२१ मा कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राई र महासचिव चन्द्रवती राईले महाधिवेशन आव्हान सन्देश जारी गर्दै निर्णयहरु सार्वजनिक गरेका हुन् ।

गत १७ अक्टोबर २०२० मा पारित संस्थाको संकल्प प्रस्तावः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्