दिक्तेल रुपाकोट मझुवागढीका प्रमुखविरुद्ध उभिए ९ जना वडाअध्यक्ष

कार्यपालिका बैठक बहिष्कार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले आगामी आर्थिक वर्षका लागि योजनाको शीर्षक र स्थान नै नतोकी ४ करोड ३१ लाख रुपैयाँ छुट्याउन खोजेपछि वडाअध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।

नेकपा एमाले (ओली समूह) का नेतासमेत रहेका नगरप्रमुख रिजालले आफ्नाे कार्यकर्ता तथा आसेपासेहरुलाई आफूखुसी बजेट बाँड्ने मनसायले सो बजेट छुट्याउन खोजेको आरोप लगाउँदै नगरपालिकाका १५ वटा वडामध्ये ९ वटा वडाका वडाअध्यक्षहरु तथा दुई जना कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।

हिजो असार ८ गते आर्थिक वर्ष २०७८/७९ को लागि बजेट तर्जुमा गर्ने क्रममा नगरप्रमुख रिजालले ४ करोड ३१ लाख रुपैयाँ शीर्षकविहीन बजेट छुट्याउने प्रस्ताव ल्याएका थिए ।

वडाअध्यक्षहरुले योजनाको नाम र प्रस्तावित बजेट खर्च हुने स्थान तोक्न पटकपटक माग गर्दा पनि नगरप्रमुख रिजालले एकमुष्ट बजेट पारित गर्न खोजेपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

बैठक बहिष्कार गरेपछि वडाअध्यक्षसहित ११ जना जनप्रतिनिधिहरुले हिजै संयुक्त विज्ञप्ति निकालेका छन् ।

वडा नं १ का अध्यक्ष टंकप्रसाद आचार्य, वडा नं ३ का अध्यक्ष ललितकुमार राई, वडा नं ५ का अध्यक्ष निर्मल राई, वडा नं ६ का अध्यक्ष माधव राई, वडा नं ७ का अध्यक्ष महन्तकुमार राई, वडा नं १० का अध्यक्ष मुगाधन राई, वडा नं ११ का अध्यक्ष रामचन्द्र राई, वडा नं १२ का अध्यक्ष विकास राई, वडा नं १३ का अध्यक्ष भीम राई र कार्यपालिका सदस्य गंगा विक र कृष्णमाया परियारले नगरप्रमुख रिजालविरुद्ध संयुक्त विज्ञप्ति निकालेका छन् ।

वडा नं ३ का अध्यक्ष ललितकुमार राई हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ । स.

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्