‘मस्ट पूर्णिमा तथा खस दिवस’मा सार्वजनिक बिदा दिन महासंघको माग

विश्व मस्ट धर्म महासंघले खसहरुकाे महान् सांस्कृतिक चाड मस्ट पूर्णिमा तथा खस दिवसका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष युवराज कार्कीले आज मस्ट पूर्णिमाको शुभकामना सन्देश दिँदै सार्वजनिक बिदाको माग गरेका हुन् ।
मस्ट पूर्णिमा यस पटक असार १० गते परेको छ ।

खस जातिले ज्येष्ठ शुक्ल पूर्णिमाको दिनलाई मस्ट पूर्णिमाको रुपमा मनाउने गरेका छन् ।

हाल पहिलो पटक यस दिनलाई ‘खस दिवस’को रुपमा मनाउने तयारी गरिएको छ । मस्ट पूर्णिमाका दिन खस जातिले मस्ट गोसाइ तथा गैडु गोसाइको पूजा गर्ने चलन छ ।

‘मस्ट पूर्णिमा अर्थात ज्येष्ठ शुक्ल पूर्णिमाको दिन मनाइने मस्ट तथा गैडू गोसाइ पुजन पर्वको अवसरमा सम्पन्न हुने ‘मस्ट तथा गैडू गोसाइ पुजन एवम् खस दिवस’को उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं,’ शुुभकामना सन्देशमा भनिएको छ, ‘कोभिड–१९ को नियम पालना गर्दै विभिन्न कार्यक्रमहरुसहित मस्ट तथा गैडू गोसाइ पुजन एवम् खस दिवस भब्यरुपमा मनाउन समेत हार्दिक अनुरोध गर्दछौं ।’

महासंघको आयोजनामा मस्ट पूर्णिमा तथा खस दिवसको अवसरमा असार १० गते साँझ ६ बजेदेखि भर्चुअल माध्यमबाट शुभकामना आदन–प्रदान कार्यक्रम गरिनेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img