खस र आर्यबीच बिहेवारी पनि चल्दैन, चुलोचौको पनि चल्दैन (भिडियाेसहित)

खस जातिका अभियान्ता प्रेम थापाले खस र आर्यमा फरक रहेको बताएका छन् ।

उनले खस र आर्यको सामाजिक सम्बन्ध राम्रो भएको र हेर्दा पनि उस्तै देखिए पनि व्यवहारिक पक्ष फरक रहेको बताए ।

साल्पा अनलाइनसँग उनले भने, ‘खस र आर्यबिचको सामाजिक सम्बन्ध राम्रो छ । हेर्दा पनि उस्तैउस्तै देखिन्छ । तर व्यवहारिक पक्षका कुरा गर्नुहुन्छ भने खसका छोरीबेटी बिहेवारी बाहुनसँग चल्दैन । दोस्रो कुरो चुलोचौको पनि चल्दैन । क्षेत्रीले पकाएर दिएको दाल, भात, तरकारी बाहुनले खाँदैनन् ।’

संविधानमै खस र आर्यलाई अलग राख्नुपर्ने भन्दै उनले भने, ‘बिहेवारी पनि चल्दैन, खसले पकाएको पनि बाहुनले खाँदैनन् भने यो भन्दा फरक के खोज्ने ?’

अब हुने राष्ट्रिय जनगणनामा खसहरुले धर्मको महलमा मस्ट धर्म र जातिको महलमा खस लेख्ने उनले बताए ।

खसहरुको मौलिक धर्म हिन्दू नभएर मस्ट भएको उनको भनाइ छ । मस्ट धर्मको विकासका लागि हाल विश्व मस्ट धर्म महासंघ समेत गठन गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्