काठमाडाैंकाे मुलपानीमा यौन धन्दामा लगाइएका पाँच किशोरीको उद्धार

काठमाडौंको मूलपानी तिवारी टोलमा जबरजस्ती यौन धन्दामा लगाइएका पाँच जना किशोरीको माइती नेपाल, केन्द्रीय अनुसन्धान ब्युरो र गौशला प्रहरीले उद्धार गरेको छ ।

१६ देखि १९ वर्ष उमेर समूहका ती किशोरीलाई आइतबार उद्धार गरिएको माइती नेपालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हाे ।

माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले सहरी क्षेत्रमा आन्तरिक बेचबिखनसँगै देह व्यापार बढिरहेकाले यसविरुद्ध सरकारले ठोस नीति निर्माण गर्नुपर्ने बताए ।

पीडित किशोरीले आरोपित ४० वर्षीया सीता गोतामे र उनका श्रीमान् ३३ वर्षीय रामशरण गोतामेविरुद्ध जाहेरी दिएका हुन् ।

सीता र उनका श्रीमान्ले मिलेर आफ्नै घरमा कोठी सञ्चालन गर्दै आफूहरुमाथि यौन शोषण गर्दै आएको पीडित किशोरीकाे भनाइ छ ।

पीडित मध्येकी १६ वर्षीया एक किशोरीले सीताले नयाँ पुरुषलाई बोलाएर कोठामा जान लगाउने गरेको बताइन् ।

सपनामा नकमाएको पैसा कामाउँछेस् भन्दै प्रलोभन देखाउने र यो काम गर्दिनँ भन्दा डर र धम्की देखाउने गरेको उनले सुनाइन् ।

उनले पाँच कक्षासम्म पढेकी छन् । विवाह भएको दुई वर्ष भएको बताउने उनको ११ महिनाको बच्चा पनि छ । उनलाई श्रीमान्ले छाडेको करिब ५  महिना भयो ।

१९ वर्षीया अर्की किशोरीले आफूलाई सीताले पहिले आफ्नै छोरी जस्तो गरेर बच्चा हेर्न र भाँडा माज्न लगाएको र पछि गएर यौन धन्दामा लगाएको बताइन् ।

सीताले आफ्नै घरमा सञ्चलान गरेको कोठीमा ग्राहकलाई फोन सम्पर्क गरेर बोलाएर उनीहरुलाई रक्सी बियर खुवाउने गरेको र त्यस्ता ३ देखि ४ जना ग्राहकसँग सम्पर्क राख्न लगाउने गरेकाे उनले बताइन् ।

सीताले ग्राहकले दिएको पैसा भने सीता आफैँ राख्थिन् । तर आफूहरुलाई जम्मा दुई, तीन सय दिने गरेको उनले बताइन् । अन्नपूर्णपाेस्टबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्