गणकहरुले प्रश्नै नसोधी हिन्दु धर्म लेखेकाे भन्दै जनजाति संगठनहरुको आपत्ति

नेपाल आदिवासी जनजाति महासंघसहित विभिन्न जातीय संगठनका प्रतिनिधिहरुले राष्ट्रिय जनगणना–२०७८ मा गणकहरुले प्रश्नै नसोधी धर्मको महलमा हिन्दु लेखेको भन्दै केन्द्रीय तथ्यांक विभागलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

मंगलबार बिहान विभागमा पुगेर महासंघसहित नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, नेवा देय दबु, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, नेपाल थामी समाज, ह्योल्मो समाज सेवा केन्द्र र राष्ट्रिय आदिवासी जनजाति अपांग संघका प्रतिनिधिहरुले विभागका महानिर्देशक नेविनलाल श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

गणकहरुले जातजाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मका महलमा प्रश्न नसोधी आफै भरिदिएको सूचना आइरहेको उनीहरुले बताएका छन् ।

महानिर्देशक श्रेष्ठले भने गणकले प्रश्न नसोधी भर्न नपाउने भन्दै त्यस्तो गर्ने गणकमाथि कारवाही हुने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img