Wednesday, February 8, 2023
11.8 C
Diktel

चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशन फागुन २९ देखि पान्थरमा

किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशन यही फागुन २८, २९ र ३० गते पान्थरको फेदेनमा हुने भएको छ ।

१३ वटा जिल्ला समिति र दुई वटा प्रदेश समिति रहेको चुम्लुङको नयाँ नेतृत्व चयन गर्नका लागि महाधिवेशन हुने भएको हो ।

यसका लागि किरात सिरिजङ्गा लिपिमासमेत लेखिएका प्रचार सामग्री निर्माण गरी प्रचार अभियान तीव्र बनाइएको छ ।

महाधिवेशनमा चुम्लुङका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय सल्लाहकार समितिका सदस्यहरु, राष्ट्रिय चुम्लुङका सदस्यहरु, शाखा चुम्लुङका प्रतिनिधिहरु, प्रदेशका पदाधिकारी तथा सदस्यहरु लगायत प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

महाधिवेशन ‘लिम्बुवान स्वायक्तता हाम्रो प्रतिबद्धता’ बोलको नारासहित सम्पन्न हुनेछ ।

सात प्रदेशको अहिलेको संघीय संरचनामा प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्नुपर्ने चुम्लुङको धारणा छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्