चुम्लुङको अध्यक्षमा प्रेम येक्तेन, महासचिवमा निरन्ती तुम्बापो

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा प्रेम येक्तेन निर्वाचित भएका छन् । पान्थरको फेदेनमा भएको चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशनबाट येक्तेनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरिएको हो ।

समितिको उपाध्यक्षमा कमलप्रसाद तिगेला, गोविन्द आङबुङ, कमला फोम्बो, चन्द्रकुमार आङदेम्बे, महासचिवमा निरन्ती तुम्बापो, उपमहासचिवमा योगेन्द्र पालुङवा, सचिवमा चक्र येक्तेन, दिलकुमारी लिम्बू, भवानीविक्रम साम्बाहाम्फे, भिमप्रसाद योङहाङ र कोषाध्यक्ष अमर तुम्याहाङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा लक्ष्मण लावती, कमिता तुम्बापो, सन्तोष सेरेङ, विमला पालुङवा लिम्बू, सीता हुक्पाचोङबाङ, इन्द्रकुमारी लक्सम, आइन्द्रकुमार आङबो, कर्णविक्रम लिम्बू, अमृत योङहाङ, चन्द्रकला सुब्बा, उतमकुमार लिङथेप, चन्द्रसिंह नेम्वाङ, विष्णुकुमारी तुम्बापो, राज्यप्रसाद लुङफुङवा, ठाकुरसिंह लिम्बू, मनोहर लिम्बू, जीवन प्रकाश सेर्मा, विवेक योङहाङ, डा. भिमबहादुर सुब्बा, इक्सा साम्बाहाम्फे, रेश्मा खेवाङ लिम्बू र कविराज आङदेम्बे छन् ।

तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, इलाम, चितवन, भक्तपुर, ललितपुर, सुनसरी र नेवा–ताम्सालिङबाट पछि एक/एक जना सदस्य मनोनयन गरिने नरप्रसाद लुङफुङवा संयोजक रहेको निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘लिम्बुवान स्वायक्तता, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गत फागुन २८ गतेदेखि फेदेनमा महाधिवेशन सुरु भएको थियो ।

महाधिवेशन हिजो सकिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्