५ लाख घुससहित मालपोत कार्यालय धनुषाका हाकिम पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा ५ लाख रुपैयाँ घुससहित जनकपुरधामको भानुचोकमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले निमित्त प्रमुख झालाई आज बिहान साढे ८ बजे पक्राउ गरेको आयोगको बर्दिबास कार्यालयका प्रमुख लेखनाथ दाहालले बताए ।

जग्गाको हक सफा गर्ने मुद्दा फैसला गरिदिने भन्दै निमित्त प्रमुख झाले सेवाग्राहीसँग ५ लाख रुपैयाँ माग गरेको जानकारी प्राप्त भएपछि आयोगको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई आजै आयोगको केन्द्रीय कार्यालय पठाइने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्