ओखलढुंगामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सिद्धिचरण नगरपालिका–३ को नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पुर्णप्रसाद फुयालसहित चारजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
सोमबार बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रधानाध्यापक फुयालसहित सिद्धिचरण नगरपालिका–३ का ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल पक्राउ परेका हुन् ।
बालिकालाई डर, धम्की देखाई अभियुक्तहरुले फरक फरक मितिमा फरक फरक स्थानमा जबरजस्ती करण गरेको जाहेरी परेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका चारजनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।